२६ आश्विन २०८२, आईतवार
मुख्‍य समाचार लुम्बिनी विशेष समाचार समाचार

आन्तरिक राजस्व कार्यालयको सेवा वाणिज्य सङ्घको कार्यालयबाट

दाङ ७ असोजः आन्तरिक राजस्व कार्यालय तुलसीपुरले आफ्नो सेवा आजदेखि सुरु गरेको छ ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घको कार्यालयबाट सेवा सुरु गरेको हो । सेवाग्राहीको अवस्थालाई मध्यनजर गरी हाललाई करदाता सेवा र राजस्वसम्बन्धी सेवा सञ्चालन गरेको कार्यालयका प्रमुख कर अधिकृत श्रीधर टण्डनले जानकारी दिए । सो कार्यालय अन्तर्गत दाङ, पूर्वी रुकुम, प्यूठान, रोल्पालगायत जिल्लाका गरी ३५ हजार बढी करदाताहरु छन् । जेनजी प्रदर्शनका क्रममा कार्यालयका दुईवटा भवन र निवास पूर्ण रुपमा क्षतिग्रस्त छन् ।

दुई गाडी, कार्यालयभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । भवनमा बस्न नमिल्ने भनि प्राविधिक टोलीले सुझाव दिएको कार्यालय प्रमुख टण्डनले बताउनुभयो । तत्कालका लागि तुलसीपुर उद्योग वाणिज्य सङ्घले निःशुल्क उपलब्ध गराएको कार्यालयबाट सेवा सुरु गरिएता पनि केही समयपछि भाडाको घरबाट सेवा दिनुपर्ने अवस्था रहेको प्रमुख कर अधिकृत टण्डन बताउछन् । जिल्लाका धेरै सरकारी कार्यालयले अझै सेवा सुरु गर्न सकेका छैन् । केही कार्यालयले पाल टाँगेर सेवा सञ्चालन गरेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि