Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

रौतहटमा विभिन्न स्थानमा कलश यात्रा निकालियो

रातो कागज
2 घण्टा अघि

रौतहट । नेपालीको महान चाड बडादशैँ आजदेखि सुरु भएको छ । यस अवसरमा  रौतहटको विभिन्न स्थानमा कलश शोभा यात्रा निकालिएको छ ।

शिवनगर चोकस्थित रहेको माता दुर्गा भगवतीको मन्दिरमा कलश स्थापना गरिएको हो । श्रद्वालु भक्तजनहरुले बिहानै दुर्गा मन्दिरमा पूजापाठ गरेपछि हजारौंको सङ्ख्यामा महिला, युवती, कुमारी कन्याहरुद्वारा कलश यात्रा निकालिएको शिवनगरका युवा करण मिश्रले बताए ।

नवदुर्गाको जय गानसाथ स्थानीय नदीबाट पवित्र जलपात्र बोकेर सुरु भएको कुमारी कन्याको विशाल कलश यात्राले बजारक्षेत्र परिक्रमा गरेको उनले बताए ।

अहिले शिवनगर सहित जिल्लाका विभिन्न स्थानमा भजन कीर्तन र बाजागाजासाथ भक्तिमय वातावरण बनेको उनको भनाइ छ ।

कलश स्थापनासंगै विधिवत रुपमा नवरात्र सुरुवात हुने धार्मिक मान्यता छ । यता गरुडा नगरपालिका–५ स्थित माँ दुर्गा पूजा समितिले माताको मन्दिरको प्राङ्गणबाट बाँजागाजासहित निकालिएको कलश यात्राले गरुडा नगरपालिकाका विभिन्न भागको परिक्रमा गर्दै साँझ नदीमा कलशबाट जल भरेर पुनः दुर्गा मन्दिरमा स्थापित गरिएको छ ।

गरुडा दुर्गा मन्दिरमा स्थापना गरिएको कलशको आजदेखि नौं दिनसम्म पूजापाठ गर्ने प्रचलन छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया