२६ आश्विन २०८२, आईतवार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम स्वास्थ्य

जिल्ला अस्पताल बाजुरामा जिवनजलको अभाव, विरामीलाई सास्ती

बाजुरा ।  जिल्ला अस्पताल बाजुरामा जिवनजलको अभाव भएको छ । झाडापखाला लाग्दा जोगाउने अचुक औषधिको रुपमा मानिने ओआरएस अर्थात जिवनजल अस्पताल बाजुरामा अभाव भएको पाइएको हो ।

सरकारले निःशुल्क वितरण गर्दै आएको जीवनजल अहिले अस्पताल बाजुरामा नभएको पाईएको छ । जिवनजल नहुँदा झाडापखालाका विरामीहरुले सास्ती खेप्नु परेको छ ।

झाडापखाला लागिरहेको बेला अस्पताल गएर जीवनजल माग्न खोज्दा सकिएको र जीवनजल सकिएको हो भनेर  सोध्दा स्वास्थ्यकर्मीले उतर दिन अन्कनाई गरेको स्थानीय गणेशराज तिमिल्सेनाले बताए ।

यता अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीसंग फोनबाट सोध्दा सायद सकिएकै हुन सक्ने जवाफ दिएका छन् । जीवनजल सकिएकै होला, नयाँ खरिद प्रक्रियाको कार्य भईरहेकोले चाडैं खरिद गरिने जवाफ दिए ।  स्वास्थ्य कार्यालय बाजुराले आपतकालीन रूपमा एक सय पाकेट उपलब्ध गराएको थियो । तर दुई दिनमै सकिएको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि