२६ आश्विन २०८२, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट खुला

काठमाडौं । सरकारले दशैंलाई लक्षित गरी सोमबार (घटस्थापना) देखि रुट परमिट खुला गरेको छ ।

असोज २२ गते (पूर्णिमाको पर्सिपल्ट) सम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिएको हो ।

आजदेखि  रुट परमिट खुला भएपनि कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारी साधनका लागि भने बन्देज कायमै रहने भएको छ ।

यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायत ठूला सवारी साधन ६ असोज घटस्थापनादेखि २० असोज पूर्णिमासम्म नारायणघाट–काठमाडौैं रुटमा चलाउन नपाउनेगरी निर्णय भएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि