८ माघ २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार

हनुमानघाटमा स्रोहश्राद्ध गर्नेको घुइँचो

भादगाउँ भक्तपुर, ५ असोजः भक्तपुरको पवित्र तीर्थस्थल हनुमानघाटमा आज स्रोहश्राद्ध गर्नेको घुइँचो लागेको छ । आश्विन कृष्णपक्ष सुरु भएसँगै १६ दिनसम्म दिवङ्गत भएका आफन्तको नाममा पिण्डदान गरिएसँगै श्राद्धको आज अन्तिम पितृपक्षका दिन पिण्डदान गर्नेको घुइँचो लागेको हो ।
हनुमानघाट क्षेत्रमा पितृको सम्झनामा पिण्डदान गरेमा दिवङ्गतको आत्माले मोक्ष प्राप्ति गर्ने धार्मिक विश्वाससहित भक्तपुरका साथै आसपासका नागरिक हनुमानघाट क्षेत्रमा स्रोह्रश्राद्ध गर्न आउने गरेका पुरोहित धनेशराज राजोपाध्ययले जानकारी दिए ।
उनले भने, “पितृपक्षमा गरिने स्रोह्रश्राद्धमा हनुमानघाट क्षेत्रका साथै हनुमन्ते नदीसहित मुलुकभरका विभिन्न नदी तथा घाटमा गएर पिण्डदान गरी सेलाउने गरिन्छ । यसो गर्नाले आफ्नो पूर्वज दिवङ्गतले मात्र नभएर दुरदराजका आफन्त र छरछिमेकका दिवङ्गत आत्मालाई पनि मोक्ष प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ ।
पुरोहित राजोपाध्ययका अनुसार नेवार समुदायमा सोह्रश्राद्ध गर्नुको छुट्टै महत्त्व छ । यो श्राद्ध नगरे कुलदेवताको पूजा गरी भोजन गर्नु हुँदैन भन्ने धार्मिक मान्यता नेवार समुदायमा रहेको उनले बताए । वर्ष दिनमा गरिने कुनै पनि शुभकार्यको थालनीका लागि पनि यो श्राद्ध गरिन्छ ।
त्रिवेणी घाटका रूपमा हनुमानघाटलाई लिने गरिन्छ । आजको दिन यहाँ स्नान गरी स्रोह्रश्राद्ध गर्नाले पाप नष्ट हुनुका साथै दिवङ्गतले सजिलै वैकुण्ठ बास पाउँछ भन्ने धार्मिक विश्वास रहेको पुरोहित राजोपाध्ययले जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि