८ माघ २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार

कोरला नाका सञ्चालनमा, ३४ करोडभन्दा बढी राजस्व संकलन

काठमाडौं । रसुवा भन्सार कार्यालय बाढीका कारण पूर्ण रूपमा बन्द र तातोपानी भन्सार कार्यालय पहिरोका कारण अवरुद्ध भएपछि नेपाल–चीन व्यापारलाई सहज बनाउन मुस्ताङको कोरला नाका पुर्ण रुपमा सञ्चालनमा ल्याइएको छ ।

भदौ ३० गतेदेखि औपचारीक रुपमा सञ्चालनमा आएको यस नाकाबाट असोज ४ गतेसम्म २०९ वटा विद्युतीय गाडी र १०७ वटा मालवाहक ढुवानी साधनमार्फत आयात भएका सामान जाँचपास गरिएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार सो अवधिमा ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैयाँ राजस्व संकलन भएको छ ।

हाल कोरला नाकामा आशिकुडा प्रणाली पनि सञ्चालनमा आइसकेको छ । साथै नेपाल राष्ट्र बैंकको भदौ ३१ गतेको परिपत्र अनुसार मुस्ताङ भन्सार कार्यालयलाई पनि चिनियाँ भूभाग हुँदै प्रतितपत्र (एलसी) मार्फत सामान आयात गर्न एकीकृत परिपत्र–२०८१ मा समावेश गरिएको छ ।

सरकारले रसुवा र तातोपानी मार्गमा अवरोध कायम रहँदा वैकल्पिक भन्सारमार्फत व्यापारमा निरन्तरता दिन थालेको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि