२६ आश्विन २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार

फुलकन्ट्याक्ट करातेमा बुढाथोकी निर्विरोध

काठमाडौं । नेपाल फुलकन्ट्याक्ट कराते महासंघको चुनावी साधारण सभाले सूर्यबहादुर बुढाथोकीको अध्यक्षतामा २२ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।

कीर्तिपुरमा भएको साधारण सभाबाट प्रेमबहादुर तामाङ वरिष्ठ उपाध्यक्ष, राजु तुलाधर, धनबहादुर तामाङ र नन्दाकुमार किराती उपाध्यक्ष, प्रेमनाथ श्रेष्ठ महासचिव, राजीव खडका सचिव र वीरकृष्ण महर्जन कोषाध्यक्षमा चुनिए ।

अमिर ओड, कमला घर्ती, याङशु श्रेष्ठ, जगतबहादुर धामी, पवन मगर, हितबहादुर मोक्तान, अनिल श्रेष्ठ, सूर्यकुमार कार्की, वीरेन्द्र चन्द, विवेककुमार दाहाल, रामहरि खड्का, हर्कबहादुर तामाङ र सागर विष्ट सदस्यमा चयन भए ।

नवनिर्वाचित कार्यसमितिको शनिबारै बसेको पहिलो बैठकले कल्पना आचार्य, रमेश तामाङ र मिनबहादुर शाहीलाई उपाध्यक्षमा मनोनित गरेको छ । त्यस्तै, गौतम शाह र शक्ति जमुना शाहलाई सदस्यमा मनोनयन गरियो ।

नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य जगतसिंह धामी, प्रमुख निर्वाचन अधिकृत एवं खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेललगायतले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे । त्यसअघि साधारण सभाको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि