News and Updates

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सनातन हिन्दू धर्मावलम्बीहरूका लागि आगामी विजया दशमी २०८२ को टीका लगाउने साइत विभिन्न देशका स्थानीय समयअनुसार सार्वजनिक गरेको छ ।
समितिका सभापति प्राडा माधव भट्टराईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । समितिले टीका साइतका विषयमा विश्वभरबाट आएको जिज्ञासालाई ध्यानमा राख्दै यो साइत सार्वजनिक गरेको हो ।
शास्त्रीय मान्यतानुसार पर्वहरू स्थानीय तिथि र समयअनुसार मनाउनुपर्ने भएकाले, विभिन्न देशमा फरक–फरक समय तोकिएको समितिले जनाएको छ ।
नेपालमा टीका लगाउने उत्तम साइतः
काठमाडौंका लागि विजयादशमी टीकाको उत्तम साइत असोज १६ गते ( बिहान ११ः५३ बजे निर्धारण गरिएको छ ।
अन्य प्रमुख देशहरूमा टीकाको समय यस प्रकार छः
भारत (दिल्ली): ११:४९ अक्टोबर २
अमेरिका (न्यूयोर्क): ११:०५ अक्टोबर १
अमेरिका (क्यालिफोर्निया): ११:२५ अक्टोबर १
क्यानाडा (टोरन्टो): ११:५५ अक्टोबर १
अष्ट्रेलिया (सिड्नी): ११:३१ अक्टोबर २
अष्ट्रेलिया (मेलबर्न): ११:५३ अक्टोबर २
जापान (टोकियो): ११:३१ अक्टोबर २
दक्षिण कोरिया (सियोल): १०:५७ अक्टोबर २
युएई (अबुधावी): १०:५५ अक्टोबर २
कतार (दोहा): १०:१३ अक्टोबर २
मलेसिया (क्वालालम्पुर): ११:११ अक्टोबर २
सिंगापुर: ११:०९ अक्टोबर २
लन्डन (बेलायत): ०९:१७ अक्टोबर २
पेरिस (फ्रान्स): ०९:५७ अक्टोबर २
ओस्लो (नर्वे): १०:०३ अक्टोबर २
लिस्बन (पोर्चुगल): ०९:२३ अक्टोबर २
टेल अविभ (इजरायल): ११:३५ अक्टोबर २
जिनेभा (स्विट्जरल्याण्ड): १०:२५ अक्टोबर २
हङकङ: ११ः४५ अक्टोबर २
साउदी अरेबिया: १०:५५ अक्टोबर २
याङ्गुन (म्यानमार): १०:२७ अक्टोबर २
माल्टा: १०:५५ अक्टोबर २
फेसबुकबाट तपाईको प्रतिक्रिया