९ पुष २०८२, बुधबार
बागमती मुख्‍य समाचार विशेष समाचार

बबरमहलमा भेटियो बाघको मुर्ति र स्कुटर

काठमाडौं । भदौ २३ गतेदेखि सुरु भएको जेनजी आन्दोलनका क्रममा देशभर प्रदर्शन भइरहेका बेला राजधानीको बबरमहलस्थित दुर्गामाता मन्दिर नजिकै असामान्य दृश्य देखियो ।
आन्दोलनकै भीडबीच मन्दिर परिसरमा एक बाघको मुर्ति र रातो रंगको बा ५९प४३८५ नम्बरको स्कुटर फेला परेपछि स्थानीयवासीहरूले तत्कालै सुरक्षित राखिदिएका छन् ।
स्थानीय झलक पाण्डेले मन्दिर नजिक भेटिएको बाघको मुर्तिलाई भित्र राखिएको बताए । अर्का हिमाल मगरले बाटोमै अवरोध हुनेगरी लक गरि छाडिएको स्कुटरलाई सुरक्षित ठाउँमा राखिएको जानकारी दिए ।
ती वस्तु कसले ल्याएको वा कसको हो भन्नेबारे अहिलेसम्म कुनै जानकारी नआएको दिवस मगरले जानकारी दिए ।
आन्दोलनका क्रममा काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा ढुंगा हानाहान, आगजनी, सडक अवरोध र भौतिक क्षतिको घटना भएको थियो ।
नयाँ पुस्ताले राजनीतिक सुधार र सुशासनको मागसहित अघि बढाएको जेनजी आन्दोलनकै बीचमा बबरमहलमा भेटिएका यी वस्तुले आन्दोलनको अव्यवस्थित र अनियन्त्रित पक्षलाई पनि उजागर गरेको स्थानीयवासीहरूको भनाइ रहेको छ ।
उनीहरूका अनुसार आन्दोलन शान्तिपूर्ण हुनुपर्नेमा यसरी छाडिएका वस्तुहरूले झन् असुरक्षा र प्रश्न सिर्जना गरेको छ ।
स्थानीयले भने प्रमाणसहित सम्पर्क गर्नेबित्तिकै सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने जनाएको छ ।
यता स्थानीयले भने भेटिएका वस्तुमा बेवास्ता नगरी जसको हो उसैले लिन आउन आग्रह गरेका छन् ।
यसरी आन्दोलनको दिनमा भेटिएको बाघको मुर्ति र स्कुटर अहिले स्थानीयको निगरानीमा सुरक्षित छन्, तर यसको वास्तविक मालिक को हो भन्ने अझै खुल्न सकेको छैन । मुर्ति दुर्गामाता मन्दिरभित्र सुरक्षित राखिएको छ भने स्कुटर मेघा कलेज नजिकै रहेको छ । यो स्कुटी कोही कसैको हो भने प्रमाण देखाएर लैजान आग्रह गरेको छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको