रातो कागज

पोखरा । कास्की जिल्ला अदालत बार एसोसिएसनको अध्यक्ष भगवती पहारीले संविधानको रक्षाको लागि खबरदारीको रुपमा शान्तिपूर्ण ¥याली गरेका बताएकी छन् ।
संविधान दिवसको अवसरमा आयोजित बृहत शान्ति र्यालीको क्रममा उनले आन्दोलनपछि कतै यो संविधान मर्छ कि भन्ने सबैलाई त्रास भइरहेको भन्दै यो अवस्थामा संविधानलाई जोगाउनु पर्छ भनेर ¥याली गरेको बताइन् ।
उनले भनिन्, ‘हामीले आज मौन ¥यालीको आयोजना गरेका छौ । यो संविधान दिवसको अवसरमा बारले आयोजना गरेको हो । अहिलेको आन्दोलनपछि कतै यो संविधान मर्छ कि सबैलाई त्रास भइरहेको अवस्थामा हामीले यो ¥याली आयोजना गरिरहेका छौ । हुनत संविधान अनुसार नै सरकार गठन गर्ने तयारी भइरहेको छ । तर संविधानमा केही गर्न मिल्दैँन् भन्ने खालको खबरदारीको रुपमा पनि यो ¥याली गरेका हौं ।’
सोही क्रममा पोखरा उच्च अदालत बार एशोसिएशनका अध्यक्ष शालिग्राम भट्टराईले पनि संविधान दिवसको अवसरमा संविधानको रक्षा, भ्रष्टाचारमुक्त समाज र सुशासन कायमको लागि मौन जुलुस गरेको बताए ।
उनले भने, ‘आज संविधान दिवस र संविधानको रक्षा हुनुपर्यो, भ्रष्टाचारमुक्त हुनुपर्यो र सुशासन कायम हुनुपर्यो भनेर हामीले आज मौन जुलुस गरेका छौ । हाम्रो मौन जुलुसमा वरिष्ठ अधिवक्ताहरु, अधिवक्ताहरु र व्यवसायिक संघ संस्थाहरुबाट पनि सबै उपस्थित हुनुहुन्छ । मेहेनत र बलिदानका साथ बनेको संविधानको रक्षा हुनुपर्छ भन्ने नै हाम्रो मुख्य कुरा हो र संविधानमा संशोधन हुनुपर्ने कुरा पनि हुनुपर्छ र व्यवस्था होईन अवस्था परिवर्तन गर्नुपर्छ भन्ने हो ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया