९ पुष २०८२, बुधबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

पार्टी कार्यालयमै संविधान दिवस मनाउँदै एमाले

काठमाडौं । नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवस मनाउने भएको छ । कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरू सहभागी हुनेछन् ।

जेनजीको आन्दोलनपछि उनी पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिन लागेका हुन् ।

ओली बिहीबार मात्र सेनाको शिवपुरी ब्यारेकबाट भक्तपुर स्थित डेराको घरमा सरेका थिए । त्यसैले उनको सुरक्षालाई ध्यानमा राख्दै बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

जेनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो । एमाले पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी तैनाथ छ ।

कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरू सहभागी हुनेछन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि