९ पुष २०८२, बुधबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

गणेशमानलाई सम्झिदै प्रकाशमानले भने : दलहरुले गरेको योगदान मेटाउन खोजियो

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ ।

विहीबबार बिहान गणेशमान सिंहको २८ औँ स्मृति दिवसको अवसरमा शोभाभगवतीस्थित गणेशमान सिंहको सालिकमा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलगायतले माल्यार्पण गरेका हुन् ।

माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले गणेशमान सिंहले जनताको अधिकारका सम्बन्धमा कसैसँग सम्झौता नगरेको बताए ।

उनले भने,‘जनतालाई अधिकार दिलाउनको उहाँले गर्नुभएको जुन योगदानहरु छन् । देश र जनताका लागि उहाँले गर्नुभएको योगदान महत्वपूर्ण छ । जनताको अधिकारका सम्बन्धमा कसैसँग सम्झौता गर्नुभएन् । नेपालमा प्रजातन्त्र स्थापना गर्न उहाँले १५ वर्षभन्दा लामो समय जेल जीवन बिताउनुभएको थियो । यसबाट पनि थाहा हुन्छ । उहाँले कति धेरै संघर्ष कति गर्नुभएको छ त्यहिबाट थाहा हुन्छ ।’

त्यस्तै उनले जेनजी आन्दोलनको कभरअपमा दल र दलले गरेको योगदान केही होइन् भनेर देखाउने दुष्प्रयास भएको पनि बताए । त्यसैले जेनजी आन्दोलनमा भएका गतिबिधिहरुको छानबिन हुनुपर्ने माग समेत गरे ।

‘जेनजी आन्दोलनको कभरअपमा दल र दलले गरेको जुन योगदान छ त्यो योगदान केही होइन् भनेर देखाउने दुष्प्रयास भइरहेको छ । त्यसैले अहिले यसको राम्रोसँग छानविन गर्न आवश्यक छ । जसले दुष्प्रयास गरिरहेको छ त्यसमा सरकार र पार्टी दुवै सजक हुनुपर्छ ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि