९ पुष २०८२, बुधबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा टौखेलमा दीप प्रज्वलन

काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।

बुधबार साँझ ललितपुरको गोदावरी स्थित टौखेलमा स्थानीहरुले मृतकको सम्झना दीप प्रज्वलन गरेका हुन् ।

जेन–जी पुस्ताको आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा बुधबार देशैभर शोक मनाइएको थियो ।

सुशासन र भ्रष्टाचार निवारणको माग गर्दै भदौ २३ आन्दोलनमा उत्रेका जेन–जी पुस्तामाथि सरकारले निर्मम दमनका क्रममा १९ जनाको मृत्यु भएको थियो ।

प्रदर्शन हिंसात्मक बन्दा २४ गते देशभर तोडफोड र आगजनी समेत भएको थियो । २३ गतेको आन्दोलन र त्यसपछिका घटनाक्रममा अहिलेसम्म ७४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि