९ पुष २०८२, बुधबार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

जेनजी आन्दोलनपछि बागमती प्रदेश सरकार हराएको प्रतिपक्ष दलको आरोप

मकवानपुर । जेनजी आन्दोलनको नौ दिन पुग्दा बागमती प्रदेश सभा र अधिकांश मन्त्रालय अझै प्रभावित छन्। भौतिक संरचना र अभिलेख नष्ट, प्रशासनिक काम ठप्प भएका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जमकट्टेलले मुख्यमन्त्री र मन्त्रीहरू संवेदनशील घडीमा बेपत्ता भएको आरोप लगाउँदै भने, ‘आज प्रदेश सरकार खोज्नुपर्ने अवस्था आएको छ।’

एकीकृत समाजवादीका नेता कृष्णप्रसाद शर्मा खनालले तत्काल संसद बैठक बोलाउनुपर्ने आवश्यकता औँल्याउँदै भने, ‘चौरमा बसेर, पाल टाँगेर भए पनि संसद चलाउनुपर्छ। सरकार भाग्न मिल्दैन, लुक्न मिल्दैन।’

नेपाल मजदुर किसान पार्टीका नेता सुरेन्द्रराज गोसाईले संकटको बेला जनतामाझ माफी मागेर इमान्दारिताका साथ अघि बढ्न सरकारलाई आग्रह गरे।

प्रतिपक्षी दलहरुले आन्दोलनपछिको क्षतिको आधिकारिक विवरण अझै सार्वजनिक नगर्ने प्रदेश सरकार जिम्मेवारीबाट उम्कन खोजेको आरोप लगाएका छन् ।

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि