रातो कागज

किमाथाङ्का सङ्खुवासभा, ३० भदौः सदरमुकाम खाँदबारीमा खानेपानी आपूर्ति बन्द भएको छ । आइतबार राति वर्षासँगै आएको पहिरोले खानेपानीको मुहान पहिरोले पुरिएपछि आपूर्ति बन्द भएको हो ।
उक्त आयोजनाबाट खाँदबारी बजारका करिब एक हजार परिवार लाभान्वित हुँदै आएका थिए । खाँदबारी नगरपालिका–४ महभिरमा पहिरोले पाइप बगाएपछि खाँदबारीमा पानी आपूर्ति अवरुद्ध भएको खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष दिव्यराज बरालले जानकारी दिए । पहिरोले यसअघि यही भदौ ५ गते पहिरोले मुहानको इन्टेक पुरेको थियो । करिब एक साता खानेपानी वितरण ठप्प भएको थियो ।
खानेपानी अवरुद्ध भएपछि तत्कालका लागि खाँदबारी–७ सेनाको क्याम्पमा रिजर्भमा रहेको ट्याङ्कीबाट वितरण गरिने अध्यक्ष बरालले बताउनुभयो । मर्मतका लागि आजैदेखि टोली परिचालन गरिएको र चाँडै खानेपानी आपूर्ति सञ्चालन गरिने उनको भनाइ छ । खानेपानी आपूर्ति रोकिएपछि स्थानीयवासी पुराना कुवामा निर्भर भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया