८ माघ २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार

चितवन जिल्ला अदालतबाट सेवा सुरु

चितवन, ३० भदौ : चितवन जिल्ला अदालतले आजदेखि सीमित सेवा सञ्चालन गरेको छ । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको अदालतले सामान्य सेवाहरू सुरु गर्न लागेको हो ।

कार्यालयका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार आजदेखि बन्दीप्रत्यक्षीकरण निवेदनमा कार्वाही गरिने, म्याद थप, जरुरी पक्राउ पुर्जीसहितका सेवा सञ्चालन गर्न लागिएको हो । उनले भने, “एउटा कोठाबाट दिन सकिने सामान्य सेवाहरू आजदेखि सुरु गरिएको छ ।” अदालतले यही भदौ २४ गतेदेखि आन्दोलनका कारण सेवा दिन सकेको थिएन ।

अन्य नियमित सेवा, मुद्दा सुनुवाइलगायत काम कार्वाही अर्को सूचना जारी गरेर जानकारी दिइने उनले बताए । प्रदर्शनकारीले आगजनी गर्दा अदालत भवन पूर्ण रूपमा क्षति भएको छ । अदालतको भौतिक संरचनासहित महत्त्वपूर्ण मिसिल, सर्भरलगायतमा क्षति पुगेको छ । उनले भने, “संरचना बन्दै जाँदा सेवा विस्तार र थप गर्दै लगिनेछ ।

तीन सय ३४ कैदीबन्दी फर्किए

यसैगरी जिल्ला कारागार भरतपुरबाट भागेका कैदीबन्दीहरू फर्किने क्रम जारी रहेको छ । हालसम्म ३३४ जना कैदीबन्दी फर्किएका छन् । १५ जना अन्य कारागारका समेत यहाँ सम्पर्कमा आएका छन् ।

कारागार कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार यहाँबाट गएका ७४२ जनामध्ये ५० जनाबाहेक अरू सम्पर्कमा छन् । आएकामध्ये ३० महिला हुन् भने ३०४ जना पुरुष हुन् । महिलासँग दुई जना आश्रित बालबालिका समेत आएका छन् । कारागारमा ४६ जना महिला तथा ६९२ जना पुरुष कैदीबन्दी भागेका थिए । अन्य दुई जना भने भागेका थिएनन् । उनीहरूसँग चार जना आश्रित बालबालिका रहेको उनले जानकारी दिए ।

यस कार्यालयबाट भागेकामध्ये चार जना रूपन्देही कारागारमा र एक जना तनहुँ कारागारको सम्पर्कमा आएको उनले जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि