८ माघ २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले पत्रकारलाई उपचार निःशुल्क सेवा दिने

रामेछाप । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले जिल्लाका पत्रकारहरूलाई निःशुल्क उपचार सेवा दिने भएको छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले पत्रकारलाई निःशुल्क स्वास्थ्य उपचार सेवा दिने निर्णय गरेको हो ।

चिकित्सालय व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष नवराज पथिकको अध्यक्षतामा बसेको बैठकले आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले दिने सशुल्क औषधि बाहेक पत्रकारलाई अन्य सबै उपचार निःशुल्क गर्ने निर्णय गरेको चिकित्सालयको निमित्त प्रमुख दीपक कार्कीले जानकारी दिए ।

वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले वाग्मती प्रदेशका पत्रकारहरूलाई निःशुल्क स्वास्थ्य बिमा लगायतका सुविधा दिएको अवस्थामा रामेछापका पत्रकारलाई चिकित्सालयले सो सुविधा दिने निर्णय उनले बताए ।

‘नेपाल पत्रकार महासंघ रामेछापको परिचयपत्र वा नेपाल सरकारका आधिकारिक निकायमा दर्ता भएका सञ्चारमाध्यमका परिचयपत्र भएका पत्रकारहरूलाई निःशुल्क उपचार सेवा दिने निर्णय भएको हो’, उनले भने ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि