९ पुष २०८२, बुधबार
बागमती मुख्‍य समाचार विशेष समाचार

मन्त्री नियुक्तिमा विवाद : ‘प्रधानमन्त्री राजीनामा दे’ भन्दै मध्यरातमा बालुवाटारमा प्रदर्शन

काठमाडौं  । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारको कानुन तथा गृहमन्त्रीका रुपमा अधिवक्ता ओमप्रकाश अर्याललाई शपथ गराउने तयारी गरेपछि जेनजीले बालुवाटारमै प्रदर्शन गरेका छन् ।

मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै सुदन गुरुङ नेतृत्वको समूहले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि आइतबार साँझ प्रदर्शन गरेका हुन्

प्रदर्शनका क्रममा उनीहरूले ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ जस्ता नारा लगाएका थिए ।

प्रधानमन्त्री निवासको तीन नम्बर गेटअगाडि प्रदर्शनकारीलाई सम्बोधन गर्दै गुरुङले भने, ‘सबैभन्दा शक्तिशाली नेपाली जनता हो। हामीलाई कसैले रोक्न सक्दैन। जुन ठाउँमा हामीले राखेका छौँ, त्यही ठाउँबाट थुतेर निकालिदिन्छौँ।’

आन्दोलनको सफलतापछि सहजकर्ताका रुपमा उदाएका अर्याललाई गृहमन्त्री दिनु नहुने र जेनजी अगुवा नै गृहमन्त्री बन्नुपर्ने अडान केही युवाको छ ।

जेनजीका अगुवा सुदन गुरुङ नै गृहमन्त्री बन्नुपर्ने र नबने अर्को युवालाई पठाउनुपर्ने उनीहरुको माग छ । केही युवाले गुरुङका गतिविधिप्रति आक्रोश व्यक्त गरेका छन् ।

आइतबार प्रधानमन्त्री कार्कीले कुलमान घिसिङलाई ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधार, ओमप्रकाश अर्याललाई कानुन तथा गृह र रामेश्वर खनाललाई अर्थमन्त्री नियुक्त गर्ने निर्णय गरेपछि जेनजीमा विवाद चुलिएको हो । अन्य नाममा विवाद नगरेका उनीहरुले अर्यालप्रति आक्रोश व्यक्त गरेका छन् ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको