१५ चैत्र २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार

जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

चितवन, २९ भदौः कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा आएका छन् । गत बिहीबार सबै कैदीबन्दीको परिवार तथा आफन्तलाई सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन् ।

कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाका अनुसार अहिलेसम्म २३५ जना कैदीबन्दी कारागार फर्किएका छन् । उनले भने, “बुधबार बिहान ७४० जना कैदी कारागरबाट फरार भएका थिए । कारागारमा रहेका ४६ महिला कैदीबन्दीमध्ये २७ जना आइसकेका छन् ।

कारागार कार्यालयमा कैद भुक्तान गर्दै आएका तथा बन्दी जीवन बिताएकामध्ये चार जना भैरहवा कारागारमा र एक जना दमौली कारागारको सम्पर्कमा आएको उनले बताए । यस्तै अन्य कारागारका १४ कैदीबन्दी यस कारागारमा सम्पर्कमा आएका छन् । कतिपय टाढा भएकाले समय लाग्ने जनाएका छन् । करिब ५० जना सम्पर्कमा नआएको उनले जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि