९ पुष २०८२, बुधबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

फरार दुई कैदी सिराहामा पक्राउ

सिराहा । जेनजी आन्दोलनका क्रममा नखु कारागार र कारागार कार्यालय जलधरेश्वर महोत्सवबाट फरार भएका दुई जना कैदीलाई सिराहा प्रहरीले पक्राउ गरेको छ।

प्रहरी नायब उपरीक्षक (डिएसपी) बिरेन्द्र कुमार पासवानको नेतृत्वमा खटिएको टोलीले ती फरार कैदीहरूलाई अन्य जिल्ला हुँदै सिराहा आएको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिराहाले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ।

पक्राउ पर्नेहरुमा रामसेवक यादव (५१ वर्ष) ,सिराहा नगरपालिका–४,रघुनाथपुर बस्ने, बैंकिङ कसुर मुद्दा,गोपाल साह (२८ वर्ष) भारत, मधुबनी जिल्ला,झँझरपुर बस्ने, व्यावसायिक उद्योगसम्बन्धी मुद्दा रहेका छन् ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि