रातो कागज

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) ले युवा उद्यमशीलता र नेतृत्व समितिको अध्यक्षमा नारायण भण्डारी(समाजसेवी)लाई नियुक्त गरेको छ ।
गत साउन १८ गते बसेको आईसीसी बैठकले २०२५–२०२७ कार्यकालका लागि भण्डारीलाई उक्त पदमा चयन गरेको हो। समितिको अध्यक्षको हैसियतमा उनले युवाविभाग प्रमुखलाई प्रत्यक्ष प्रतिवेदन दिने व्यवस्था गरिएको छ।
एनआरएनएले जारी गरेको पत्रमा भनिएको छ, ’भण्डारीको निरन्तर प्रतिबद्धता, असाधारण समर्पण र गैरआवासीय नेपाली आन्दोलनमा पु¥याएको महत्वपूर्ण योगदानलाई सम्मान गर्दै यो जिम्मेवारी दिइएको हो।’
संघका अध्यक्ष महेशकुमार श्रेष्ठ र महासचिव बाबुराम (बीआर) लामाले हस्ताक्षर गरेको पत्रमा भण्डारीको नेतृत्वले नेपाली युवामा उद्यमशीलता र नेतृत्व क्षमताको विकास गर्न ठोस योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ।
संघले ‘नेपालीका लागि नेपाली–समृद्ध नेपालको लागि’ भन्ने साझा दृष्टिकोणलाई अगाडि बढाउन भण्डारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखेको जनाएको छ।
नारायण समाजसेवीले एनआरएनए कतार लगाएत बिभिन्न संघ संस्थामा जिम्मेवारीमा रहेर सफलतापुर्वक कार्य सम्पन्न गरेका ब्यक्ति हुन । उनिसङ्ग युवा जोश उत्साह भएकालेनै नतिजा निकाल्ने गरेका हुन ।
आफुलाई बिश्वास गरेर यो जिम्मेवारी दिएकोमा नारायण समाजसेवीले एनआरएनए अध्यक्ष महेश श्रेष्ठलगाएत कार्यसमितिलाई धन्यवाद व्यक्त गर्दै आफुले दिएको जिम्मेवारी दिन रात नभनी पूरा गर्ने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया