८ पुष २०८२, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रहरी प्रभाग पुनःस्थापनामा जुटे स्थानीय, संयुक्त टोली बनाएर धमाधम सरसफाई

काठमाडौं । जेनजी आन्दोलनको नाममा भएको विनाशलाई सर्वसाधारण सबैजना मिलेर सुधार गर्ने प्रयासमा लागेका छन्  ।

प्रदर्शनको दोस्रो दिनबाट जेनजीहरु आफैंले पनि सरसफाइको अभियान सुरु गरेका छन् । यसै क्रममा कोटेश्वर ट्राफिक प्रहरी प्रभागलाई पनि त्यहाँका स्थानीय प्रहरी र महानगर सबै मिलेर सफा गर्न लागेका छन् ।

सोही क्रममा कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा कार्यरत प्रहरी निरीक्षक सूर्य प्रसाद पौडेलले स्थानीय क्लब, वडा र स्थानीयको संयोजकत्वमा संयुक्त टोली बनाएर सरसफाइ गरिरहेको बताए ।

उनले भने, ‘आन्दोलनका क्रममा भएको आगलागी र त्यसको सरसफाइको लागि स्थानीय क्लब, वडा र स्थानीयको संयोजकत्वमा सयुक्त टोली भएर सरसफाई गरिरहेका छौ । ट्राफिकहरु सवारी आवतजावत व्यवस्थापनको लागि एकदमै जरुरी छ । स्थानीयहरुले अग्रता देखाउनु भएको छ र उहाँहरुकै अग्रतामा हामी काम गरिरहेका छौ । यसले सकारात्मक नै सन्देश जान्छ भन्ने लाग्छ ।’

यस्तै, स्थानीय सुनिल केसीले आन्दोलनमा नहुनुपर्ने कामहरु पनि भएको भन्दै अब यसलाई सुधार गरेर अगाडि बढ्नुपर्ने बताए ।

उनका अनुसार प्रहरी कार्यालयलाई सूचारु गरेर जनतालाई सेवा सुविधा दिनको लागि सफाइ गर्नुपर्ने भन्दै स्थानीय, प्रहरी, काठमाडौं महानगरपालिका सबै मिलेर सफाईको अभियान सुरु गरेको बताए ।

उनले भने, ‘आन्दोलनमा नहुनुपर्ने कुराहरु भयो । तर त्यसले गरेको विनाशलाई भने सफाई गर्नुपर्छ भनेर आजको कार्यक्रम गरेका छौ । यहाँ स्थानीय, प्रहरी, काठमाडौं महानगरपालिका सबै मिलेर सफाइको अभियानमा जुटेका हौं । प्रहरी कार्यालयलाई सूचारु गरेर जनतालाई सेवा सुविधा कसरी दिन सकिन्छ भन्ने उद्देश्यका साथ सबै लागेका हौं ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि