१८ कार्तिक २०८२, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

हातहतियार, गोलीगट्ठा एवम् सुरक्षा सामग्रीहरु सेनालाई बुझाउनुपर्ने

काठमाडौं । जेनजी नेतृत्वको आन्दोलनका सुरक्षाकर्मीहरुबाट लुटिएका वा फेला पारेका हातहतियार, गोलीगट्ठा एवम् सुरक्षा सामग्रीहरु सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउन नेपाली सेनाले आग्रह गरेको छ ।

बुधबार एक सूचना जारी गर्दै नेपाली सेनाले हातहतियारहरुको दुरुपयोग भई जनधनको क्षति हुनसक्ने भन्दै यथाशीघ्र सुरक्षा निकायमा बुझाउन आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ,‘जेनजी नेतृत्वको आन्दोलनका क्रममा कोही कसैले सुरक्षाकर्मीहरुबाट लुटिएका÷फेला पारेका हातहतियार, गोलीगट्ठा एवम् सुरक्षा सामग्रीहरु नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउनुहुन अनुरोध गरिन्छ । त्यस्ता हातहतियारहरुको दुरुपयोग भई जनधनको क्षति हुनसक्ने भएकोले त्यस सम्बन्धी सूचना प्राप्त गर्नुहुने व्यक्तिहरुले सुरक्षा निकायलाई जानकारी गराउन र सम्बन्धितलाई हतियार बुझाउन प्रेरित गर्नुहुन अनुरोध गरिन्छ ।’

साथै, उक्त हातहतियार र गोलीगट्ठा नबुझाई कसैसँग फेला परेमा प्रचलित कानून बमोजिम कारवाही हुने समेत सूचनामार्फत जानकारी गराएको छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि