Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

हेटौँडाको मुख्य बजार क्षेत्रमा सुरक्षामा कडाइ

रातो कागज
2 घण्टा अघि

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडाको मुख्य बजार क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरिएको छ। हालको आन्दोलन र संवेदनशील अवस्थालाई मध्यनजर गर्दै बजार क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

नेपाली सेनाको टोली समेत परिचालन गरेर हेटौँडा बजारको मुख्य चोकसम्म सुरक्षा व्यवस्था कडा पारिएको छ। पैदल गस्ती, सवारी चेकजाँच र निगरानीलाई थप सशक्त पारिएको प्रहरीले जनाएको छ।

बिहानदेखि नै बजार क्षेत्रमा मानिसहरूको चहलपहल सामान्य देखिए पनि सुरक्षाकर्मी उच्च सतर्कतामा रहेका छन्। अनावश्यक भिडभाड हुन नदिने, सम्भावित तोडफोड तथा अशान्ति रोक्न सुरक्षा निकायलाई सक्रिय बनाइएको हो।

प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित ट्राफिक प्रहरी पनि बजार क्षेत्रमा खटाइएको छ। प्रहरी प्रशासनले जनतालाई शान्ति–सुरक्षामा सहयोग गर्न र अफवाहमा नपर्न आग्रह गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया