१४ कार्तिक २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका मुख्य–मुख्य क्षेत्रमा कफ्र्यु

काठमाडौं । जेनजी पुस्ताको आन्दोलन उग्र बनेपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका मुख्य–मुख्य क्षेत्रमा कफ्र्यु लागेको छ ।

तीनवटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै विभिन्न क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको  हो  ।

काठमाडौंप्रशासन कार्यालयले काठमाडौं महानगरपालिका चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ ।

मंगलबार बिहान प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम साढे ८ बजे देखि अनिश्चिकालीन कफ्र्यु आदेश जारी गरेका हुन् ।

काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाभित्र काठमाडौं महानगरपालिकाको वालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चावहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू–भाग तोकी सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्यू आदेश जारी गरिएको छ ।

कफ्र्यूको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव वहान, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, पर्यटक सवारी साधनहरु, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवगमनमा सुरक्षाकर्मीहरुबाट सहजीकरण हुनेछ समेत सुचनामा उल्लेख छ ।

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि