रातो कागज
6 घण्टा अघि

काठमाडौं । जेनजीको पदर्शनमा भएको दमनले सर्वसाधरण जनताहरु समेत आक्रोश भएका छन् ।
मंगलबार बिहानै काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन बाहिर सर्वसाधरण युवाहरु आक्रोशित मुद्रामा देखिएका हुन् ।
संसद भवन बाहिर रहेका प्रेम पोखरेलले प्रतिनिधि सभामा रहेका सांसदहरुले राजिनामा दिएर सडकमा आउने र नयाँ सरकार गठनको लागि अगाडि बढ्नुपर्ने बताए ।
उनले भने, ‘संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले राजीनामा दिएर सडकमा आउने र नयाँ सरकार गठनको लागि अगाडि बढाउनुपर्छ ।’ उनले थप भने,‘जेनजी पुस्ताका युवाहरुलाई आज पनि माइतीघर मण्डलामा आउनको लागि आव्हान गरिसकेको छ । म नेपाली सेनाको छोरा भएको हिसाबले पनि नेपाली सेनाका साथीहरुलाई यो भन्छु कि छोराहरुको बलिदान सम्झिनु पर्यो ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया