Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

वीरगन्जमा जेन–जीको प्रदर्शन,  परिवर्तन ल्याएरै छाड्ने दावी

रातो कागज
2 घण्टा अघि

वीरगन्ज । जेनजी पुस्ताले आज वीरगन्जको घण्टाघरमा भव्य प्रदर्शन गरी भ्रष्टाचारविरुद्ध आवाज उठाएका छन् ।

करिब दुई सयको संख्यामा आएका प्रदर्शनकारीहरूले घण्टाघरबाट सुरुआत गरी नगरपरिक्रमा गरेका थिए र पुनः घण्टाघरमै पुगेर कोण सभा सम्पन्न गरेका हुन् ।

कोण सभामा वक्ताहरूले सामाजिक सञ्जाललाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने, देशमा मौलाइरहेको भ्रष्टाचार अन्त्य गर्न राज्यले पहल गर्नुपर्ने र युवापुस्तालाई नेतृत्वमा अघि ल्याउनुपर्ने माग राखे ।  सहभागीहरूले आन्दोलन तबसम्म जारी रहने र परिवर्तन ल्याएरै शिथिल हुने चेतावनीसमेत दिएका थिए ।

आन्दोलनलाई लक्षित गर्दै पर्सा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो ।

सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

सुरक्षाको अवस्था अनुसार रणनीति परिमार्जन गर्ने तयारी भए पनि आन्दोलन शान्तिपूर्ण रूपमा सम्पन्न भएको पर्सा प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया