१० फाल्गुन २०८२, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बबरमहल–बानेश्वर सडकमा सवारी आवागमन पूर्णरुपमा बन्द

काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीले गरेको प्रदर्शनका कारण नयाँ बानेश्वर–बबरमहल सडक प्रभावित भएको छ ।

माइतीघर–बबरमहल हुँदै नयाँ बानेश्वर पुगेपछि जेनजीहरूले सडकका दुवैतर्फका लेनमा प्रदर्शन गरिरहेका छन् । सडकमा जेनजी पुस्ताका युवाहरुले भरिएपछि सवारी आवागमन पूर्ण रुपमा बन्द भएको हो ।

अहिले उनीहरुलाई प्रहरीले ब्यारिकेड राखेर अघि बढ्नबाट रोकेको छ । आन्दोलन घोषणा गर्दा उनीहरुले संसद भवन अगाडि नै प्रदर्शन गर्ने बताएका थिए । उक्त स्थान निषेधित क्षेत्र भएकोले प्रहरीले चोक अगाडि नै रोकेको हो ।

जेनजीको आन्दोलनलाई विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरुले समर्थन गरेका छन् ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि