Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

लगातार घट्दै नेप्से, कारोबार रकममा पनि कमी

रातो कागज
3 घण्टा अघि

काठमाडौं । यसअघि लगातार तीन कारोबार दिन घटेको नेप्से परिसुचक आजपनि घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ६.५५ अंकले घटेर २७१९.७७ बिन्दुमा रोकिएको नेप्से परिसुचक आईतबार ११.५२ अंकले घटेर २७०८.२५ बिन्दुमा रोकिएको छ । साथै, कारोबार रकममा पनि कमी आएको देखिएको छ ।

साताको अन्तिम कारोबार दिन बिहीबार ५ अर्ब १४ करोड ४३ लाख २२ हजार २५८ रुपैयाँको १ करोड २७ लाख १ हजार ९७ कित्ता शेयर कारोबार भएकोमा आज ४ अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ रुपैयाँ बराबरको १ करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर कारोबार भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स २.३२ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०.७७ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६६ अंक घटेको छ ।

यसदिन हिमस्टार उर्जा कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य आज प्रतिकित्ता ९.९७ प्रतिशतले बढेर ३९१.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

एनआईबिएल समृद्धि फन्ड–२ को शेयर मूल्य प्रतिकित्ता ५.८३ प्रतिशतले बढेर ९.२६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । युनिर्भसल पावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५.१२ प्रतिशतले बढेर ४००.६३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन पञ्चकन्यामाई हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ४.६२ प्रतिशतले घटेर ३५६.८१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

विकास हाइड्रोपावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३.९२ प्रतिशितले घटेर ४७५.८२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । ओरियन्टल होटेल्स लिमिटेडको शेयर मूल्य ३.७० प्रतिशतले घटेर प्रतिकित्ता ७७७.८५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन युनियन हाइड्रोपावर लिमिटेड, एभरेष्ट बैंक, नेपाल रिइन्स्यारेन्स, हिमालयन डिस्टीलरी र युनिर्भसल पावर कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया