१९ कार्तिक २०८२, बुधबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कोशी मन्त्रीको गाडीको ठक्करबाट घाइते बालिका अस्पतालबाट डिस्चार्ज

कोशी । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम राना सवार गाडीको ठक्करबाट घाइते भएकी बालिका उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

नेकपा (एमाले) को विधान महाधिवेशनमा सहभागी हुन आएका मन्त्री राना चढेको गाडीले शनिबार बिहान ललितपुरको हरिसिद्धि घुम्तीमा ११ वर्षीया बालिकालाई ठक्कर दिएको थियो । ठक्कर दिएपछि गाडी रोक्ने प्रयास नगरी अघि बढेको भन्दै सो घटना विवादित बनेको हो ।

बालिकाको स्वास्थ्य अवस्थाबारे समाचार सार्वजनिक भएपछि एमालेले सम्पूर्ण उपचार खर्च व्यहोर्ने घोषणा गरेको थियो । साँघुरो सडकमा तीव्र गतिमा गाडी चलाइएको भन्दै स्थानीयवासीले मन्त्री रानाको आलोचना गर्दै सडक अवरुद्धसमेत गरेका थिए ।

गोदावरीमा शुक्रबारदेखि सुरु भएको एमाले विधान महाधिवेशनमा सहभागी हुन राना काठमाडौं गएका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि