रातो कागज
1 घण्टा अघि

जनकपुर । मधेश प्रदेशमा शुक्रबार सार्वजनिक विदा दिइएको छ ।
मुस्लिम धर्मावलम्बिहरुले मनाउने मोहम्मद जयन्तीको अवरसमा मधेश प्रदेश सरकारले आज प्रदेशभरी विदा दिएको हो ।
मधेश प्रदेश सरकार अन्तर्गतको गृह सञ्चार तथा कानुन मन्त्रालयका प्रदेश सचिव विमल प्रसाद बरालले एक सूचना जारी गर्दै आज मधेश प्रदेश भरी सार्वजनिक विदा रहेको जानकारी दिएका छन् । २०८१ चैत्र २२ गतेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप विदा बमोजिम शुक्रबार विदा दिइएको सूचनामा उल्लेख रहेको छ ।
प्रदेश सरकार गठन भएदेखि मोहम्मद जयन्तीको दिन मधेश प्रदेशमा विदा दिँइदै आइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया