रातो कागज

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ७४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८० पैसा र बिक्रीदर १०२ रुपैयाँ २४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ १५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६१ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७१ पैसा र बिक्रीदर १९ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७८ पैसा कायम भएको छ ।
युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १० पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा तोकिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया