६ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार

राप्ती नदीले निम्त्याएको समस्याको दीर्घकालीन समाधानमा सरकार लागेको छः ऊर्जामन्त्री खड्का

काठमाडौँ, १९ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले राप्ती नदीले निम्त्याएको समस्याको दीर्घकालीन समाधानमा सरकारले काम गरिरहेको बताएका छन् ।

प्रतिनिधिसभाको आज बैठकमा सांसदले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले राप्ती नदीले निम्त्याएको बाढी र डुबानको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्नका लागि सरकारले काम गरिरहेको बताएका हुन् ।

राप्ती नदीको राप्ती सोनारी गाउँपालिका–१ कुशुमदेखि नैरैनापुर गाउँपालिका–६ गङ्गापुर सम्मको राप्ती नदीको तटबन्धनको लागि गएको तीन वर्षमा भारत सरकारका तर्फमा रु ३५ करोड तीन लाख अनुदान रकम विनियोजन भए पनि दुई देशबीचको बाढी तथा डुवान सम्बन्धी दुईपक्षीय बैठक तीन वर्षसम्म बस्न नसकेको कारण काममा ढिलाइ भएको बताए ।

उहाँले नेपाल र भारतबीचको बाढी तथा डुबानसम्बन्धी बैठक चाँडै बस्ने मिति तय भएको भन्दै चाँडै नै यसको समाधान हुने उल्लेख गरे । उनले उक्त नदीले निम्त्याएको समस्याको दिगो समाधानका लागि एशियाली विकास बैँकको तर्फबाट रु एक अर्ब ४३ करोड ६१ लाख र नेपाल सरकारको तर्फबाट रु ४१ करोड ९५ लाख विनियोजन भएको जानकारी गराए।

यसैगरी चालु आर्थिक वर्षमा उक्त नदी नियन्त्रणका लागि भारत सरकारबाट जम्मा रु २० करोड ५० लाख, एशियाली विकास बैँकको तर्फबाट रु ३७ करोड ७६ लाख र नेपाल सरकारको तर्फबाट रु १२ करोड ८६ लाख विनियोजन भएको समेत बताए ।

उक्त नदीको दीर्घकालीन समाधान गर्नका लागि दाङमा रहेको बबई नदी र यसको सहायक नदी तथा पश्चिम राप्ती नदी दाङ खण्ड तथा बाँके खण्डमा रहेको नदीको विस्तृत अध्ययन गरी जलजन्य प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्न प्रत्येक नदीको विस्तृत अध्ययन प्रतिवेदन डिपिआर तयार गरी क्रमशः कार्यान्वयन गर्दै लगिएको उल्लेख गरे।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको