५ माघ २०८२, सोमबार
मुख्‍य समाचार लुम्बिनी समाचार

प्रभावकारी बन्दै आफैँ पाल्दै आफैँ खादै कार्यक्रम

भोजपुर, १९ भदौः भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन भइरहेको आफैँ, पाल्दै आफैँ खादै कार्यक्रम प्रभावकारी बनेको छ । गर्भवती तथा सुत्केरीको स्वास्थ्यलाई ध्यानमा राखेर सञ्चालन भइरहेको उक्त कार्यक्रम प्रभावकारी बनेको हो । यो कार्यक्रम अन्तर्गत गाउँपालिकाले यहाँका सबै छ वटै वडाका गर्भवती तथा सुत्केरीलाई एक एक ओटा भाले र दुई पोथी कुखुरा वितरण गर्दै आएको छ ।

वितरण गरिएको कुखुरालाई पालेर उनीहरुले आवश्यक रूपमा अण्डा, मासुको रूपमा प्रयोग गर्न सक्ने गाउँपालिकाका अध्यक्ष किरण राईले बताए ।

गर्भवती र सुत्केरीको स्वास्थ्यलाई लक्षित गरेर आफैँ पाल्दै आफँै खादै’ कार्यक्रम सञ्चालन भइरहेको छ, उनले भने, यो कार्यक्रम अन्तर्गत पोथी र भाले कुखुरा वितरण गर्दै आएका छौँ । महिलाको पोषणलाई ध्यानमा राख्दै यो कार्यक्रम सञ्चालन गरेका हौँ ।

यो कार्यक्रम अन्तर्गत वर्षमा दुई पटक कुखुरा वितरण गरिेने गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले बताए । यसरी वितरण गरिएको पोथी भने उनीहरुले दुई वर्षसम्म पाल्नुपर्ने उनको भनाइ छ । सुत्केरीलाई लक्षित गरेर सञ्चालन भइरहेको यो कार्यक्रम प्रभावकारी बनेको छ” उपाध्यक्ष राईले भने, वितरण गरिएको कुखुरा अनिवार्य रूपमा दुई वर्षसम्म पाल्नु पर्ने हुन्छ ।

यसअघिको सुत्केरीका लागि रहेको रातोभाले कार्यक्रमलाई निरन्तरता दिँदै आर्थिक वर्ष २०८०,८१ देखि यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । नियमित रूपमा गर्भ परीक्षण गराउने र स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई गाउँपालिकाले आवश्यक प्रोत्साहन गर्दैै आएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि