१० फाल्गुन २०८२, आईतवार
कोशी मुख्‍य समाचार समाचार

बिर्तामोडमा गुणस्तर तथा नापतौलसम्बन्धी चेतनामूलक कार्यक्रम

भद्रपुर झापा, १९ भदौः गुणस्तर तथा नापतौल सम्बन्धी चेतनामूलक कार्यक्रम बुधबार बिर्तामोडमा सम्पन्न भएको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागको आयोजनामा भएको कार्यक्रममा नेपाल गुणस्तर चिह्न, अन्तरराष्ट्रिय गुणस्तर सङ्गठन आईएसओ प्रमाणपत्र तथा विभाग अन्तर्गतका कार्यालयले प्रदान गर्ने सेवाबारे जानकारी दिइएको थियो ।

विभागका निर्देशक पारसमणि यादवले नेपाल गुणस्तर चिह्न र आइएसओ प्रमाणपत्र तथा जिल्ला गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख रजनिस झाले कार्यालय मार्फत प्रदान गरिने सेवाबारे जानकारी दिएका थिए ।

कार्यक्रमका सहभागी उद्योगी, व्यापारी, उपभोक्ता, स्थानीय तहका प्रतिनिधिले गुणस्तर चिह्न, आइएसओ प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया र विभागका सेवाबारे जिज्ञासा राखेका थिए ।
त्यस अवसरमा नापतौल, ढकतराजु, उपभोक्ताको अधिकार र स्वदेशी उत्पादनको अन्तरराष्ट्रिय बजारमा बजारीकरण बारे पनि जानकारी दिइएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि