१० फाल्गुन २०८२, आईतवार
गण्डकी मुख्‍य समाचार समाचार

बिरुवा रोप्नुभन्दा हुर्काउनु महत्वपूर्ण

दमौली तनहुँ, १८ भदौ : निजामती सेवा दिवसको अवसरमा तनहुँमा वृक्षारोपण गरिएको छ । निजामती सेवा दिवस मूल समारोह समितिको आयोजनामा आज व्यास नगरपालिका–११ स्थित सिद्धवराह सामुदायिक वनमा वृक्षारोपण गरिएको हो ।

डिभिजन वन कार्यालय तनहुँको संयोजनमा भएको कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो । मूल समारोह समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले वृक्षारोणको शुभारम्भ गरे ।

कार्यक्रममा गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले बिरुवा रोप्नुभन्दा पनि हुर्काउनु महत्वपूर्ण रहेको उल्लेख गरे ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी, निमित्त वन अधिकृत शरदकुमार अधिकारी लगायत कर्मचारीहरुको सहभागिता थियो ।

जिल्लामा यही भदौ १८ गतेदेखि २२ गतेसम्म निजामती सेवा दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । पहिलो दिन डिभिजन वन कार्यालयको संयोजनमा वृक्षारोपण गरिएको छ भने यही भदौ १९ गते प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको संयोजनमा डेङ्ग लगायतका सङ्क्रामक रोग नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम, २० गते कर्मचारी मिलन केन्द्रको संयोजनमा मैत्रीपूर्ण खेलकुद प्रतियोगिता, सोहीदिन मूल समारोह समितिको संयोजनामा कार्यालय परिसर सरसफाई, भदौ २१ गते प्रदेश अस्पताल दमौली तथा सामाजिक विकास कार्यालयको संयोजनमा वृद्धाश्रम, असहायक आश्रममा रहेका वृद्धवृद्धाहरुको स्वास्थ्य परीक्षण तथा सहयोग कार्यक्रम हुनेछ ।

यस्तै भदौ २२ गते मूल समारोह समितिको संयोजनमा प्रभातफेरी, सोहीदिन प्रदेश अस्पताल दमौली, प्रदेश जनस्वास्थ्य कार्यालयको संयोजनमा स्वास्थ्य शिविर, सेवा निवृत्त कर्मचारीहरुको सम्मान तथा औपचारिक समारोह र सबै कार्यालयहरुमा पहिलो सेवा लिन आउने सेवाग्राहीलाई सम्मान कार्यक्रम गरिने जनाइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि