Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

चौताराका किसान अलैँची खेतीमा आकर्षित

रातो कागज
1 दिन अघि

चौतारा सिन्धपाल्चोक, १८ भदौ ः अलैँचीको पकेट क्षेत्रका रूपमा चिनिएको लिसङ्खुपाखर गाउँपालिका–४ का किसान अलैँचीमा रोग लागेपछि निराश भएका छन् । गाना कुहिने, पात डढ्ने र फल नलाग्दा अलैंँचीखेती सखाप भएको छ ।

विगतमा पर्याप्त आम्दानी भएपछि खेतबारी मासेर किसानले अलैँंचीखेती गरेका थिए । केही वर्षयता रोगले अलैँची उत्पादनमा कमी आएको छ । अलैँचीमा रोग लागेपछि कतिपय किसानले खेती गर्न छाडेका छन् । अर्लैँचीमा देखिएको रोग निदान गर्न सरकारले सहयोग गर्नुपर्ने उनीहरूको माग छ ।

पन्ध्र वर्षअघिदेखि अलैँची व्यवसाय गरेका शशिनाथ शाक्यले वार्षिक पाँच लाख आम्दानी गर्थे । तर उनको व्यवसाय अलैँचीमा सिन्धुरे र गानो कुहिने रोग लागेपछि सखाप भयो । अलैँचीको बेर्ना उत्पादन तथा अलैँची भट्टी राखेर बिक्री गरेर लाखौँ आम्दानी गर्ने शाक्य अहिले न अलैँची बेर्ना उत्पादन गर्छन न तयारी अलैँची बिक्री नै गर्छन ।

जिल्लाका अलैँची किसानलाई यो व्यवसाय सिकाउनुभएका शाक्यले जिल्लाभरि नै अलैँची विरुवा वितरण गर्थे । तर अहिले यो व्यवसाय चटक्कै छाडेका छन् । अलैँचीमा लागेको उक्त रोगका बारेमा जिल्ला प्राविधिक कार्यालयमा सहयोग मागे पनि समुदायले आफैँले नष्ट गर्नुपर्ने भनेपछि समुदायले आफैँले नष्ट नगरेको उनी बताउछन् । अलैँचीमा लाग्ने सिन्धुरो रोग एक ठाउँमा नष्ट गरे पनि वरिपरि सबै ठाउँमा नष्ट नगरेसम्म अन्त्य हुँदैन । उक्त रोग लागेको अलैँची नष्ट गर्न खर्चिलो हुने भएपछि स्थानीयले अन्य पेसा नै छाडेको किसान शाक्य बताउछन् ।

किसान शाक्य जस्तै अत्तरपुरका प्रायः किसानले अलैँची लगाउन छाडेका छन् । केही किसानले किबी व्यवसाय थालेको उनी बताउछन् । किबीखेती सुरुमा लगाउन खर्चिलो र निकै मिहिनेत गर्नुपर्ने भए पनि भरपर्दो आम्दानी भएपछि किसानले यो व्यवसाय रोजेका छन् ।

पछिल्लोपटक किवी व्यवसाय थालेका शाक्यका अनुसार एउटा बोट किबी लगाउन कम्तीमा रु पाँच हजार खर्च गर्नुपर्छ । तीन वर्ष लागेपछि फल दिन सुरु गर्ने किबीको प्रतिबोट वार्षिक ७० किलोसम्म उत्पादन हुने शाक्य बताउछन् । उनका अनुसार कम्तीमा १० वर्ष सम्म फल दिने किबीको अहिले बजार मूल्य किसान बाटै प्रतिकिलो रु तीन सयदेखि पाँच सय सम्म बिक्री हुने गरेको छ । केही वर्षअघि अलैँचीको पकेट क्षेत्र कहलिएको अत्तरपुर किबी खेतीमा बदलिएको छ । गाउँपालिकाकै अलैँची पकेट क्षेत्र बनाउने योजना रहे पनि अलैँचीमा रोग लागेर नष्ट भएको सन्दर्भमा पालिकाले कुनै ठोस निर्णय नगरेको गाउँपालिकाका अध्यक्ष राजु लामाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया