Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

प्रतिनिधि सभाको बैठक बस्दै,यस्तो छन् कार्यसूची

रातो कागज
3 घण्टा अघि

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक दिउसो १ बजे बस्ने भएको हो ।

आजको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईल ‘जलस्रोत विधेयक’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आज सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने छन् ।

त्यसैगरी व्यवस्थापन कार्य अन्तर्गत आज कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै, गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत प्रस्तुत गर्ने कार्यसूचीमा तय गरिएको छ ।

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया