१० फाल्गुन २०८२, आईतवार
कर्णाली मुख्‍य समाचार

‘लोक सेवा पहुँच कार्यक्रम देशका सातै प्रदेशमा

कर्णाली, १७ भदौः लोक सेवा आयोगले देशका सातै प्रदेशमा ‘लोक सेवा पहुँच कार्यक्रम’ सञ्चालन गरेको छ ।

आयोग स्थापनाको ७५औँ वर्षका अवसरमा प्रदेश, स्थानीय तह र विश्वविद्यालयहरूको समन्वय तथा सहकार्यमा देशका सातै प्रदेशमा ‘लोक सेवा पहुँच कार्यक्रम’ सञ्चालन गरेको लोक सेवा आयोग सुर्खेत कार्यालयका प्रमुख रुद्रबहादुर कार्कीले जानकारी दिए ।

आयोगको कार्यतालिका अनुसार सोमबार कोशी र लुम्बिनी प्रदेशमा कार्यक्रम सम्पन्न गरिएको जनाउँदै कार्यालय प्रमुख कार्कीले भोलि भदौ १८ गते कर्णाली र मधेस, २० गते गण्डकी र सुदूरपश्चिम, २७ गते बागमती प्रदेशमा उक्त कार्यक्रम सम्पन्न गरिने बताए । कर्णालीमा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी सहितको सहभागिता हुने उनको भनाइ छ ।

समाजमा अहिले पनि ठूलो सङ्ख्यामा युवा विद्यार्थी तथा सर्वसाधारण नागरिकले आयोगको निष्पक्ष परीक्षा प्रणाली, उम्मेद्वार छनोट प्रक्रिया, तयारी विधि र पारदर्शी चयन पद्धतिबारे पर्याप्त जानकारी छैन, उनले भने, अर्कोतर्फ आयोगमा पनि भनसुन हुन्छ भन्ने बुझाइको चिरफार गर्ने हेतुले आयोगले यो कार्यक्रम तय गरेको हो ।

कर्णालीका १० जिल्लाबाट १० का दरले ६० जना, १२ जना विश्वविद्यालय, १० पत्रकार सहित करिब एक सय जनाको सहभागिता हुने कार्यालय प्रमुख कार्कीले बताए । पहिलोपटक सार्वजनिक रूपमा गर्न थालिएको सो कार्यक्रमबाट युवा विद्यार्थीलाई सार्वजनिक सेवाप्रति आकर्षण र विश्वास बढाउन सकिने आयोगको अपेक्षा छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको