४ फाल्गुन २०८२, सोमबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

अफगानिस्तानमा भूकम्प : मृत्यु हुनेको संख्या बढ्दो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । हालसम्म कम्तिमा ८१२ जनाको मृत्यु भएको र २,८१७ जना घाइते भएको पुष्टि भएको छ।

स्थानीय सरकारले भग्नावशेषबाट उद्धार गरिएका घाइतेहरूलाई हेलिकप्टर स्थानान्तरण कार्यहरूको समन्वय गरिरहेको छ।

अफगान अन्तरिम सरकारले कुनार प्रान्त र छिमेकी क्षेत्रहरूमा ६.० म्याग्निच्युडको भूकम्पमा कम्तिमा ८१२ जनाको मृत्यु भएको र २,८१७ जना घाइते भएको पुष्टि गरेको छ ।  मृतकको संख्या प्रारम्भिक अनुमान मात्र भएको र यसको संख्या बढ्ने छ ।

‘हामीले सबैथोक गुमायौं। मेरा दुई छोराको भूकम्पमा खुट्टा भाँचियो। हाम्रो सबै सम्पत्ति नष्ट भयो,’ कुनारका बासिन्दा खयात खानले भने।

‘हिजो राति भूकम्पमा मेरो परिवारका दुई सदस्यको मृत्यु भयो। हाम्रो घर पूर्ण रूपमा ध्वस्त भयो। हामीलाई आश्रय र आवश्यक सहयोग चाहिएको छ, प्रान्तका अर्का पीडित नेलातुल्लाहले भने। प्रभावित क्षेत्रमा उद्धार र राहतका कार्यक्रमहरु जारी राखिएको छ ।(सीसीटीभीप्लस)

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि