७ माघ २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

नाडा अटोमोबाइल्सको विशेष साधारणसभा अन्योलमा

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल(नाडा)ले भदौ २४ गते विशेष साधारणसभा बोलाउने तयारी गरेपनि आन्तरिक विवादका कारण यसमा अन्योल सिर्जना भएको छ ।

नाडाले आफ्नो १७ औं ‘नाडा अटो शो–२०२५’ समापन कार्यक्रममा संस्थालाई महासंघमा रूपान्तरण गर्ने घोषणा गरेको थियो ।

तर, गोल्छा र चौधरी समूहबीचको लामो विवाद अझै समाधान नभएको अवस्थामा जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि विशेष साधारणसभा रोकिएको छ । विवादको मुख्य कारण वरिष्ठ उपाध्यक्ष आकाश गोल्छालाई सदस्यमा घटुवा गर्ने र विधान संशोधन प्रक्रिया टुंगोमा नपुगेको भन्ने हो ।

‘गैरकानुनी तरिकाले बोलाउन लागिएको विषेश साधारण सभा रोकीपाउँ भनी यस कार्यालयमा भदौ १६ गते निवेदन दर्ता भएकोले विधान बमोजिम साधारण सभा नबोलाएर के कति कारणले विशेष साधारण सभा गर्न लागिएको हो ? जिल्ला प्रशासन कार्यालयमा पटक–पटक विधान संशोधनको विषयमा छलफल भएपनि हालसम्म विवाद समाधान नहुनुको कारण के हो,’ जिल्ला प्रशासनले जारी गरेको सुचनामा उल्ल्ेख गरिएको छ,‘ विशेष साधारणसभा बोलाउनको लागि गरिएका निर्णयहरु सहित ७ दिन भित्र जिल्ला प्रशासनमा उपस्थीत हुन र साधारण सभा स्थगीत गर्नुहुन अनुरोध छ ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि