१५ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

मानवसेवा आश्रमद्वारा १३ वर्षको अवधिमा १२ हजार बेवारिसे मानिसको उद्धार

काठमाडौँ । मानवसेवा आश्रमले आफ्नो १३ औँ वार्षिकोत्सव मनाएको छ । आश्रमले १३ वर्षको अवधिमा १२ हजार बेवारिसे मानिसहरुको उद्धार समेत गरेको छ । सहयोगापेक्षी सडकमाआश्रित मानिसहरूको उद्धार तथा पारिवारिक पुनर्मिलनमा सक्रिय हुँदै आएको सामाजिक संस्था मानवसेवा आश्रमले २१ जिल्लामा २६ सेवाकेन्द्र विस्तार गरेर देशैभर सेवा गर्दै आएको छ ।

आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीका अनुसार, मकवानपुरको हेटौँडाबाट ५ जना सडक आश्रित आमाबुबाको उद्धारबाट सुरु भएको अभियान अहिले देशका २१ जिल्लामा २६ सेवाकेन्द्र विस्तार भई, हाल आश्रम करिब २ हजार अशक्त वृद्धवृद्धाको आश्रय स्थल बनेको छ । आश्रमले विगत १३ वर्षदेखि विभिन्न कारणले अपहेलित भई सडकमा बेवारिसे जीवन बाँचिरहेका मानिसहरुलाई उद्धारसँगै उपचार, पालनपोषण र संरक्षण गरी सम्मानजनक जीवन प्रदान गर्दै आईरहेको छ ।

अध्यक्ष अधिकारीले आश्रम भूकम्प, कोभिड, लकडाउन, आर्थिक मन्दी र चुनौतीबीच तीन तहका सरकार मनकारी सहयोगीदाताहरुको निरन्तर साथ सहयोगका कारण अघि बढ्न सफल भएको जानकारी दिए ।

उनले २०८२ सालभित्रै नेपालमा कोही पनि सार्वजनिक स्थल तथा खुला आकाशमुनी सडककापेटीमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्न आश्रम प्रयासरत रहेको र सो लक्ष्य छिट्टै पूरा हुनेमा विश्वस्त रहेको बताए।

मानवसेवा आश्रमले वि.सं २०६९ भाद्र १३ गते हेटौँडाको मकवानपुरबाट सेवा शुभारम्भ गरेको हो । जसको केही छैन, जसको कोही छैन उनैको सेवामा समर्पित रहँदै आएको आश्रम एक गैरनाफामूलक सामाजिक संस्था हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि