Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

नेपाल र बङ्गलादेशबीच मैत्रीपूर्ण फुटबल खेल हुने

रातो कागज
3 घण्टा अघि

काठमाडौँ, १६ भदौः अखिल नेपाल फुटबल सङ्घ एन्फा को आयोजनामा नेपाली राष्ट्रिय फुटबल टोली र बङ्गलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच मैत्रीपूर्ण खेल हुने भएको छ ।

यही भदौ २१ र २४ गते हुने दुई मैत्रीपूर्ण फुटबल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । उनका अनुसार बङ्गलादेशको राष्ट्रिय फुटबल टोली यही भदौ १८ गते नेपाल आइपुग्नेछ ।

बङ्गलादेशी टोलीलाई अभ्यासका लागि भद्रकालीस्थित नेपाली सेनाको खेल मैदान र ललितपुरको च्यासलस्थित च्यासल रङ्गशालाको मैदानको व्यवस्था गरिएको एन्फाले जनाएको छ ।

उक्त खेलका लागि भिआइपी प्याराफिट तर्फ रु एक हजार र साधारण प्याराफिटर्फ रु पाँच सय टिकट दर निर्धारण गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया