Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

अफगानिस्तान भुकम्पः पाँचसय भन्दा धेरैको मृत्यु, एकहजार व्यक्ति घाइते

रातो कागज
2 घण्टा अघि

काठमाडौं । सोमबार बिहान अफगानिस्तानमा गएको ६ रेक्टर स्केलको भूकम्पका कारण पाँच सयभन्दा बढीको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् ।

तालिबान नियन्त्रित प्रशासनलाई उद्धृत गर्दै खामा प्रेसले कुनार प्रान्तका नुर गुल, सोकी, वाटपुर, मानोगी र चापा दर्रा जिल्लाहरू सबैभन्दा बढी प्रभावित भएको जनाएको छ ।

नंगरहार प्रान्तमा मात्रै कम्तीमा नौ जनाको मृत्यु भएको र अरु धेरै घाइते भएको पुष्टि भएको छ । कमजोर माटो र ढुंगामाटोका घरहरू भत्किएका छन् भने पहिरोका कारण सडक अवरुद्ध हुँदा उद्धार कार्यमा गम्भीर चुनौती आएको छ ।

त्यस्तै, प्रारम्भिक ६ रेक्टरको भुकम्प पश्चात क्रमशः ४.७, ४.३ र ५.० रेक्टरको पराकम्प पनि गएको बताइएको छ । अफगानिस्तान भौगोलिक रूपमा भूकम्पको उच्च जोखिमयुक्त क्षेत्र भएकाले यस किसिमका प्रकोप बारम्बार हुने गरेको रेडक्रसले जनाएको छ ।

सो भूकम्पको धक्का पाकिस्तानका विभिन्न क्षेत्रमा समेत महसुस गरिएको थियो । यस विपत्तिपछि तत्काल अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता रहेको अफगान अधिकारीहरूले बताएका छन् ।

एएनआई

फेसबुकबाट तपाईको प्रतिक्रिया