Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

निजी विद्यालयहरुको बस र्याली सुरु

रातो कागज
2 घण्टा अघि

काठमाडौं । शिक्षा विधेयकमा कतिपय प्रावधानहरू निजी विद्यालय हित विपरित रहेको भन्दै देशभरका निजी विद्यालयहरुले आज बस ¥याली गरेका छन् ।
प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा घोषणा गरेका आन्दोलनका कार्यक्रमहरू अन्तर्गत आज देशैभरिका विद्यालयहरुले बस ¥याली गरेका हुन् ।
यस्तो छ ¥यालीको रूट निर्धारण ः
१. कोटेश्वरचोकमा जम्मा भई सातदोबाटो हुँदै चक्रपथ परिक्रमा गरी विद्यालय फिर्ता हुने भक्तपुर, कागेश्वरी नगरपालिकाका सबै, पेप्सीकोला, तिनकुने, नरेफाट, जडीबुट्टी र बानेश्वर तर्फका विद्यालय बसहरू ।
२.सातदोबाटोचोकबाट प्रवेश गरी एकान्तकुना हुँदै चक्रपथ परिक्रमा गर्ने विद्यालय बसहरूः ललितपुर जिल्लाका सबै विद्यालय बसहरू ।
३.बल्खुचोकबाट प्रवेश गरी कंलकी हुँदै चक्रपथ परिक्रमा गर्ने विद्यालय वसहरू किर्तिपुर नगरपालिका, त्रिपुरेश्वर, टेकु र कालिमाटी तर्फका विद्यालयका बसहरू ।
४. कलकीचोक प्रवेश गरी सितापाइलाचोक हुँदै चक्रपथ परिक्रमा गर्ने विद्यालय बसहरू चन्द्रागिरी, थानकोट, स्युचाटार, कंलकी र सोल्टीमोड तर्फका विद्यालय बसहरू ।
५. हलचोक प्रवेश गरी सानोभरÞ्याङ हुँदै चक्रपथ परिक्रमा गर्ने विद्यालय बसहरू वाफल, सितापाइला, स्वयम्भु लगायतका विद्यालय बसहरू ।
६.बालाजुचोक प्रवेश गरी सामाखुशी हुँदै चक्रपथ परिक्रमा गर्ने विद्यालय बसहरू तारकेश्वर, सानोभव्यङ, हलचोक आसपासका विद्यालयका बसहरू ।
७.सामाखुशीचोक प्रवेश गरी धापासी हुँदै चक्रपथ परिक्रमा गर्ने विद्यालय बसहरू टोखा नगरपालिका गोगंबु, ठमेल, सोहखेट्टे र आसपासको विद्यालयका बसहरू ।
८.नारायणगोपालचोक प्रवेश गरी चावहिल हुँदै चक्रपथ परिक्रमा गर्ने विद्यालय बसहरूः धापासी, बुढानिलकण्ठ, महाराजगञ्ज, पानीपोखरी, बालुवाटार लगायतका आसपासका विद्यालयका बसहरू ।
९. चावहिलचोक प्रवेश गरी गौशला हुँदै चक्रपथ परिक्रमा गर्ने विद्यालय बसहरूः कपन, जोरपाटी, चुच्चेपाटी, गोकर्णेश्वर लगायतका आसपासका विद्यालयका बसहरू ।
१०. गौशलाचोक प्रवेश गरी एयरपोट सिनामंगलचोक हुँदै चक्रपथ परिक्रमा गर्ने विद्यालय बसहः– गौशला, रातोपुल,
उपत्यका बाहिरका विद्यालयहरुले भने पायक पर्ने चोकमा प्रवेशगरी नगर परिक्रमा गर्ने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया