Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम

News and Updates
2 घण्टा अघि

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्यले आजसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्यमा पनि आज नयाँ रेकर्ड कायम भएको छ । आज चाँदी ४५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया