रातो कागज
3 घण्टा अघि

काठमाडौं । नेपाल रग्बी संघको आयोजनामा नेपाल–बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज भदौ अन्तिम साता हुने भएको छ ।
सिरिजमा रग्बी सेभेन्सका २ तथा फिफ्टिन्समा १ खेल हुने आयोजक संघका अध्यक्ष दिपक देवकोटाले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । भदौ ३० गते रग्बी सेभेन्सका २ खेल हुनेछ । रग्बी फिफ्टिन्सको खेल भदौ ३१ गते खेलाइने छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने सिरिज सञ्चालन गर्न करिब ३५ लाख खर्च हुने आयोजकले जनाएको छ । सिरिजको पहिलो संस्करण बंगलादेशको ढाकामा सन् २०२२ मा भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया