७ माघ २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

अवरुद्ध सडक तदारुकताका साथ खोल्न प्रयास गरिने

काठमाडौँ, १५ भदौः बाढीपहिरोका कारण अवरुद्ध सडक तदारुकताका साथ खोल्न प्रयास गरिने भएको छ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आज भएको बैठकमा विपद् पूर्वतयारी प्रतिकार्य शाखाले प्रभावित सडकबारे जानकारी दिएपछि गृहमन्त्रालय लगायत सम्बद्ध निकायका अधिकारीहरूले यथाशीघ्र बन्द सडक खोल्न प्रयत्न गर्ने बताएका हुन् ।

बाढी पहिरोले पासाङल्हामु राजमार्ग अन्तर्गत रसुवा– गोसाइँकुण्ड, अरनिको राजमार्ग अन्तर्गत भोटेकोशी –कोदारी र घट्टेखोला, बेनी–जोमसोम सडक खण्ड अन्तर्गत दुईखोलीमा सडक अवरुद्ध छ । घोराही–थवाङ सहिद मार्गअन्तर्गत त्रिवेणीमा, भेरी करिडोरको छलघाट, कर्णाली राजमार्गको शुभकालीन र भेरी करिडोर अन्तर्गत आठ बिसकोटमा बाटो बन्द भएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि