Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

गौरा पर्व समाजिक एकता, आपसी सद्भाव र संस्कृतिक संरक्षणको आधारशिला हो : सभापति देउवा

रातो कागज
24 घण्टा अघि

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्व समाजिक एकता, मेलमिलाप, आपसी सद्भाव र संस्कृतिक संरक्षणको आधारशिला भएको बताएका छन् ।

आइतबार गौरा पर्वको शुभकामना दिदैँ सभापति देउवाले गौरा पर्व केवल धार्मिक अनुष्ठान मात्र नभई समाजिक एकता, सद्भाव र संस्कृतिक संरक्षणको आधारशिला रहेको बताएका हुन् ।

उनले शुभकामना सन्देश मार्फत भनेका छन्, ‘गौरा पर्व केवल धार्मिक अनुष्ठान मात्र नभई समाजिक एकता, मेलमिलाप, आपसी सद्भाव र संस्कृतिक संरक्षणको आधारशिला समेत हो । विभिन्न धार्मिक, सास्कृतिक गीत, भजन, देउडा लगायतका नाच, व्रत, पूजापाठ र सामूहिक सहभागिताले यो पर्वलाई झनै विशेष बनाएको छ।’

उनले पर्वहरुले पुर्खाहरूको संस्कृति र परम्पराको संरक्षण गर्न प्रेरित गर्नुका साथै भावी पुस्तालाई यसको महत्व बुझ्न र आत्मसात गर्न समेत उत्प्रेरित गर्ने समेत बताए ।

देवी गौरी (गौरा) र भगवान शिव (महेश्वर) को पुजा गरी मनाइने गौरा पर्वले नारी शक्ति, समर्पण, भक्ति र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्ने सभापति देउवाले बताए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया