१० फाल्गुन २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार

परराष्ट्रमन्त्री डा राणाले बुढानीलकण्ठस्थित निवासमा भित्र्याइन् गौरा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले काठमाडौंको बुढानीलकण्ठस्थित आफ्नो निवासमा शनिबार गौरा भित्र्याएकी छन् । मन्त्री डा राणाले धार्मिक अनुष्ठान एवं विशेष पूजाआजा सहित गौरा भित्र्याएकी हुन् ।

यसअघिका बर्षहरुमा गौरा पुजनका लागि उनी धनगढी जाने गरेकोमा यसपटक भने धनगढीस्थित निवासको पुनर्निर्माण कार्य भइरहेकाले काठमाडौंमै गौरा भित्र्याएकी हुन् ।

हरेक वर्ष भाद्र सप्तमीका दिन बाजागाजा सहित गौरा भित्र्याउने गरिन्छ । विभिन्न वनस्पतिबाट बनेको गौराको मूर्तिलाई देवी पार्वतीको प्रतिकका रुपमा धार्मिक अनुष्ठानका साथ गौरा घर एवं मन्दिरमा भित्र्याउने प्रचलन छ ।

उनले गौरा पर्व सुदूरपश्चिमेलीहरूको विशिष्ठ सांस्कृतिक गौरव भएको र आफू प्रत्येक वर्ष निष्ठापूर्वक ब्रत बसी गौरा पूजा गर्ने गरेको बताइन् । मन्त्री डा राणाले गौराले सामाजिक एकता, सहिष्णुता र भाइचाराको सम्बन्ध स्थापित गर्ने पनि बताइन् ।

भाद्र शुक्ल पञ्चमीको बिरुडा पञ्चमीबाट सुरु भई अष्टमीसम्म गरिने गौरा पूजामा महिलाहरु निराहार व्रत बसी शिव र गौरीको पूजाअर्चना गर्ने गर्दछन् । गौरा पर्व महिलाहरूले सौभाग्य, सुख, शान्ति र समृद्धिका लागि गरिने धार्मिक अनुष्ठान रहेको विश्वास गरिन्छ । गौरा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा विशेष रुपमा मनाउने गरिन्छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि